‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २४ । केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलको घोषणा भएको छ । बुधबार निर्देशक सुदर्शन थापाको जन्मदिनको अवसर पारेर ‘म यस्तो गाउँछु २’ निर्माणको घोषणा गरिएको हो ।
सुदर्शन थापाले निर्देशन गर्ने चलचित्रमा ‘म यस्तो गाउँछु’ को पुरानै जोडी पूजा शर्मा र पल शाह दोहोरिने बताइएको छ ।
चलचित्रमा सलोन बस्नेत पनि देखिनेछन् । सुदर्शन थापा र पूजा शर्माको संयुक्त लगानीमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलले संगीत भर्नेछन् । ‘म यस्तो गीत गाउँछु’ यो वर्ष राम्रो व्यापार गर्न सफल चलचित्र हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








