इंग्ल्याण्डका जेम्स एण्डर्सनले बनाए कीर्तिमान, लिए टेस्ट क्रिकेटमा पाँच सय विकेट

“
काठमाडौं, भदौ २४ । जेम्स एण्डर्सन टेस्ट क्रिकेटमा पाँच सय विकेट लिने बेलायतको पहिलो खेलाडी बनेका छन् । एण्डर्सनले वेष्ट इन्डिजसँगको अन्तिम टेस्टको दोस्रो दिनको खेलमा शुक्रबार आफ्नो खेल जीवनको पाँच सयौं विकेट लिएका हुन् ।
लर्ड्समा भएको भएको खेलमा ३५ वर्षका एण्डर्सनले खाजा समय लगतै वेष्ट इन्डिजका क्रेइग ब्रेथवेटलाई बोल्ड आउट गर्दै कीर्तिमानी पाँच सयौं विकेट लिएका हुन् । एण्डर्सन टेस्ट क्रिकेटमा पाँच सय वा त्यो भन्दा बढी विकेट लिने विश्वका छटौं खेलडी हुन् । टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट लिने कीर्तिमान श्रीलंकाका मुथैया मुलरिधरणको नाममा छ ।
उनले ८ सय विकेट लिएका छन् । यस्तै अस्ट्रेलियका शेन वार्नले सात सय ८, भारतका अनिल कुमब्लेले ६ सय १९, अस्ट्रेलियाका म्याकग्रेथले पाँच सय ६३ तथा वेष्ट इन्डिजका वाल्सले पाँच सय १९ विकेट लिएका छन् । त्यसपछि एण्डर्सन छन् ।
“








