मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, भदौ २४ । मेक्सिकोमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको राष्ट्रपति एन्ड्रिके पेन्या निएटोले बताउनुभएको छ । भूकम्पका कारण ताबास्को, ओआखाका र चीयापास राज्यमा बढी प्रभाव परेको छ ।
यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको राष्ट्रपति निएटोले बताउनुभएको छ । भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमानमा त्यस्ता क्षेत्रमा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ ।
मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो । भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटिले जनाएको छ ।
यस्तै चीयापासमा १० तथा ताबास्कोमा तीनजनाको शव भेटिएको कमिटिले जनाएको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)