रुक्मांगत कटुवालको संस्थाद्वारा पाँचसय बाढीपीडितलाई सामूहिक भोजन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
सप्तरी, भदौ २३ । पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ ।
चार दिनदेखि निरन्तररुपमा आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५०० जनालाई प्रत्येक दिन दैनिक बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ ।
गत असार र साउनको अन्तिम सातामा वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका ५०० घरपरिवार डुबानमा परेका थिए भने २०० जना परिवार विस्थापित भएका थिए ।
सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित