यस हप्ता नेपाली सिनेमा घरहरुमा चलचित्र २ रुपैयाँ मात्र

भदौ २३, काठमाडाैं । नेपाली सिनेमा घरहरुमा यस हप्ता चलचित्र २ रुपैयाँले एकछत्र राज गर्ने भएको छ । यो हप्ता अरू कुनै चलचित्र रिलिज नभएकोले चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा समेत गरिएको छ । चलचित्र २ रुपैयाँले गत हप्ता रिलिज भएका बादशाहो र ए मेरो हजुर २ सँग प्रतिस्पर्धा गर्नुपर्ने छ । चलचित्र रिलिज हुनुभन्दा पहिले नै चलचित्रको गीत लोकप्रिय भैसकेको छ । कुटुमा कुटु बोलको गीत युट्युबमा २ करोडभन्दा बढी पटक हेरिएको छ ।

असिफ शाहको लेखन र निर्देशन रहेको एक्सनप्रधान चलचित्र २ रुपैयाँमा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, शिवराम श्रेष्ठको सिनेमाटोग्राफी तथा राजनराज शिवाकोटी र रोशन थापाको सङ्गीत रहेको छ ।

नेपाली चलचित्र क्षेत्रका दुई प्रतिभाशाली निर्देशकहरु निश्चल र असिफको सहकार्यमा चलचित्र बनेकाले पनि उनीहरूको परीक्षाका रूपमा यो चलचित्रलाई हेरिएको छ । त्यस्तै, चलचित्रमा वरिष्ठ कलाकार टीका पहारीको अभिनय दर्शकले हेर्ने माैका पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *