किक अफ सेमिफाइनलमा

काठमाडौं, भदौ २२ । किक अफ फुटसल राजधानीमा जारी रेडबुल राष्ट्रिय लिग फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको क्वाटर्रफाइनलमा चौर रिक्रिएस्नल सेन्टरलाई ८–१ ले पराजित गर्दै किक अफले अन्तिम चारमा स्थान सुरसिक्षत गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।

यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु चयन गर्दै एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली बनाउने एन्फाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *