पाकिस्तानमा वर्षाबाट १६४ को मृत्यु

इस्लामावाद, २२ भदौ । पाकिस्तानमा यसबर्षको मनसुनी बर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस वर्षको सुरुदेखि जुनको अन्त्यसम्ममा पाकिस्तानभर भएका वर्षासँग सम्बन्धित घटनामा १६४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६७ घाइते भएका छन् ।

यस घटनमा परी ४४० घर ध्वस्त भएको पाकिस्तान प्रकोप व्यवस्थापन (एनडिएमए) का अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध र पूर्वी प्रान्त पञ्जाव यस प्रकोपबाट बढी मात्रामा प्रभावित भएको बताइएको छ ।

ती प्रान्तहरुमा जुन महिनाको अन्तिम हप्तामा मात्र ३८ व्यक्ति हताहत भएका एनडिएमएले जनाएको छ । यस अविरल वर्षाको कारण सयौँ व्यक्ति घरवारबिहिन भएका र कैयौलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ । एनडिएमए र प्रान्तीय सरकारको संयुक्त प्रयासमा प्रभावित इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ ।

एडिएमएका अनुसार सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराचीमा फसेका व्यक्तिहरूलाई उद्धार गर्न तीनवटा ढुङ्गा समेत पठाइएको बताएको छ । पाकिस्तानमा हरेक वर्ष जुन महिनामा मनसुनी वर्षा सुरु हुने र सामान्यतया यसको अन्त्य सेप्टेम्बरमा हुने गरेको छ । यस समयावधिमा विभिन्न इलाकामा भारी वर्षा हुने र यसबाट बाढीको प्रकोपले सताउने गरेको छ ।

सन् २०१० मा भारी वर्षापछि आएको भीषण बाढीको कारण खैबर पाख्तुनख्वा, पञ्जाव र सिन्ध प्रान्तमा १ हजार ५४० व्यक्तिको मृत्यु भएको थियो । सो बाढीका कारण ५ लाख ५७ हजार घर ध्वस्त भएका र ६० लाख व्यक्ति विस्थापित भएका थिए । रासस/सिन्हवा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *