शेरबहादुर र प्रचण्डले झगडा गर्न थालेपछि एमालेले ‘पिङ’ खेल्न थाल्यो

काठमाडौँ, भदौँ २२ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेलको विषयले झगडा भएको छ । माओवादीले आफ्नो हैसियतभन्दा बढी निहु खोजेको भन्दै काँग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेल नगर्न आफूनिकट नेताहरूलाई सुझावसमेत दिएका छन् । यता, कुरा मिल्यौ भन्दै २ नम्बर प्रदेशतिर चुनावी अभियानमा हिँडेका माओवादी केन्द्रका मेयरका उम्मेदवार बीच बाटोबाटै राजधानी फर्किएका छन् ।

खास कारण चाहिँ देउवाले स्थानीय तह पहिलो चरणको चितवन महानगरपालिका निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर आफ्नो छवि विग्रेको भन्दै आफ्ना नेता तथा कार्यकर्तासँग तालमेल नगर्न सुभाव दिएका हुन् । सम्भवतः माओवदीसँग कुनै पनि हालतमा मर्जर नहुने भएको छ ।

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच छलफलका क्रममा कसरी हुन्छ तालमेल नै गरेर प्रदेश नम्बर २ मा पनि एमालेलाई कसरी हुन्छ चितवनकै झल्को आउनेगरि हराएर ङिच्च बनाउने सहमति भए पनि अन्तिम समयमा आएर तालमेल प्रक्रिया भाँडिएको हो । देउवाले ‘बराबरी मिलेर सत्ता बाँडफाँड गरौ न’ भन्दा प्रचण्डले ६० र ४० प्रतिशतको कुरा झिकेपछि विवादले उग्र रूप लिएसँगै देउवा भन्किन पुगेका थिए । यसअघि तालमेल हुने भएपछि एमाले हार्ने आंकलन गरेका काँग्रेस र माओवादी कार्यकर्ताहरू अहिले एक अर्कालाई दोष लगाउन थालेका छन् । उता, एमालेका कार्यकर्ताहरू खुच्चिङ गर्दै पाखुरी हल्लाउने गरेका छन् ।

काँग्रेस–माओवादीबीच उम्मेदवारी मनोनयनको केही घण्टा अगाडि मनमुटाव सिर्जना भएपछि तालमेल भाँडिएको थियो । यसअघि तालमेलको सन्देश बोकेर सर्लाही लालबन्दीको मेयरका लागि उम्मेदवार बन्न पुगेका माओवादीका केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकी बिच बाटोबाटै राजधानी फर्किनुपर्यो । लालबन्दीमा माओवादी–कांग्रेसबीच मेयर र उपमेयरको उम्मेदवारको निर्णय एक साताअघि नै भएको थियो । तर, तालमेल भाँडिएपछि आ–आफ्नो बाटोतिर लागेका छन् । मुख्यतः प्रचण्डले शेरबहादुर देउवासमक्ष ६०÷४० अनुपातको शक्ति सन्तुलनको कुरा गर्दै वडादेखि मेयर लड्ने निधो गरेसँगै देउवा रुष्ट हुन पुगेका हुन् ।

काँग्रेस–माओवादी केन्द्रबीच सिराहाको सिराहा नगरपालिका, लाहान, मिर्चैया, गोलबजार, कर्जन्हा नगरपालिका,महोत्तरीको बर्दिबास, गौशाला, औरही नगरपालिका, सर्लाहीको लालबन्दी,भने हरिवन, ईश्वरपुर, बागमती, बरहथवा नगरपालिकामा तालमेलको अन्तिम तयारी थियो । त्यस्तै,रौतहटको चन्द्रपुर नगरपालिकामा तालमेलको निर्णय हुनै लाग्दा काँग्रेसका जिल्ला नेताहरूले विज्ञप्तिनै जारी गरेर अरू दलसँग तालमेल भए चुनाव बहिस्कार गर्ने चेतावनी दिएपछि भाँडिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *