ड्राइभिङ स्कुलबाट मापदण्ड नपुर्‍याईएका सवारी साधन नियन्त्रण

भदौ २२, काठमाडौँ । विभिन्न ड्राइभिङ स्कुलबाट मापदण्ड नपुर्‍याई चलाइएका ८ वटा सवारी साधन यातायात व्यवस्था विभागले नियन्त्रणमा लिएको छ । बिहीबार विभागका महानिर्देशक रुपनारायण भट्टराई सहितको अनुगमन टोलीले अवैधानिक तवरले चलाइएका गाडीहरु नियन्त्रणमा लिएको हो ।

धेरै ड्राइभिङ स्कुलले अनुमति नै नलिई सिकारुले चलाएको गाडी सडकमा ल्याएको पाइएको छ । त्यसै गरी सुरक्षाका लागि गाडीमा डुअल क्लज लगायतका सिस्टम पनि नजोडेको पाइएपछि नियन्त्रण लिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

‘कतिपय गाडीको त कागजपत्र नै भेटिएनन् । धेरै ड्राइभिङ स्कुलका गाडी अवैध हुन्छन् भन्ने सूचनाका आधारमा अनुगमन थालिएको हो’ भट्टराईले भने, ’ड्राइभिङ सिकाउन गाडी सुरक्षित मात्रै भएर हुँदैन । सडकमा आउँदा विभिन्न नियम पनि मान्नुपर्छ । तर, त्यो पालना गरेको पाइएन ।’

यसै गरी विभागले दर्ता नै नगरी सञ्चालनमा आएको एउटा स्कुल बसलाई नियन्त्रण लिएको छ । अनुगमन टोलीले १६ वटा सार्वजनिक सवारीलाई कारबाही गर्ने भएको छ । प्रदूषण जाँच नगरेका, जाँचपास नगरेका, यात्रुसँग बढी भाडा असुल्ने, स्क्र्याप भएर पनि निजी प्लेट राखेर चलेका सवारीलाई कारबाही गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =