एकीकृत राप्रपाद्धारा आन्दोलनको घोषणा


“
काठमाडौं, भदौ २० । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन भोलिदेखि शुक्रबारसम्म काठमाडौंमा सडक संघर्ष गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजी गर्न पनि सरकारलाई सडकबाटै दवाव दिने पनि स्पष्ट पानुभयो । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकतर्फबाट सांसदहरु बनाउन नहुने दावी पनि गर्दै आएको छ ।
“
