एलपी ग्यास सङ्घमा सर्वसम्मत चयन

भदौ २०, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा गोकुल भण्डारी सर्वसम्मत चयन भएका छन् । सङ्घको शुक्रवार सम्पन्न २२ औँ वाषिर्क साधारणसभा तथा ८ औँ महाधिवेशनले अध्यक्षमा भण्डारीसहित १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सङ्घको निवर्तमान अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षमा मार्स प्रसाइँ र शङ्कर श्रेष्ठ चयन भएका छन् । त्यस्तै, महासचिवमा दिवान चन्द, सचिवमा लक्ष्मीप्रसाद महर्जन र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ चयन भएका छन् ।

सङ्घको सदस्यमा मनोजकुमार दास, आदित्य पराजुली, धर्मराज बर्तौला, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, नरेन्द्रकुमार श्रेष्ठ छन् । श्याम बुढाथोकी, जितबहादुर कार्की, आशिष् जाजोदिया, हरिप्रसाद पाठक, सावरमल अग्रवाल, विजयहरी शर्मा, रामचन्द्र संघई, रुद्रप्रसाद कोइराला, सुरेन्द्रराज पौडेल र कृष्णकुमार श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *