पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध,यात्रुलाई सास्ती

काठमाडौं, भदौ २० । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम जाने आउने  गाडी रोकिएका छन् । मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध हुँदा पोखरा, चितवन लगायत यो मार्ग हुँदै पूर्व पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छन् । पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ । सामान्य झरी पर्दा पनि पहिरो खस्ने र साँघुरो सडकमा गाडीको चाप धेरै हुँदा हरेक दिन यात्रु घण्टौँ जाममा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =