विश्वकप छनोट: जर्मनी, इंग्लण्ड, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र डेनमार्क विजयी

काठमाडौं, भदौ २० । विश्वकप फुटबल छनौट अन्तर्गत सोमबार राति भएका खेलमा जर्मनी, इंग्लण्ड, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र डेनमार्क विजयी भएका छन् ।

समुह सी को खेलमा जर्मनीले नर्वेलाई ६-० ले हरायो । यसैगरी नर्दन आयरल्याण्डले चेक गणतन्त्रलाई २-० ले हराउँदा अजरबैजानले सान मारिनोमाथि ५-१ को जित निकाल्यो ।

यो समुहमा २ खेल बाँकी छँदा जर्मनी २४ अंकसहित शिर्ष स्थानमा छ भने १९ अंकका साथ नर्दन आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

समुहको शिर्ष टोली सिधै विश्वकपमा छनौट हुँदा दोस्रो हुने टोलीले प्ले अफ्मा ठाउँ बनाउनेछ ।

समुह एफ को खेलमा इंग्लण्डले स्लोभाकियालाई २-१ ले हरायो । यही समुहका अरु खेलमा स्कटल्याण्डले माल्टालाई २-० ले हराउँदा स्लोभेनियाले लिथुआनियालाई ४-० ले पाखा लगायो ।

यो समुहमा पनि दुई खेल बाँकी छँदा २० अंकको साथ इंग्लण्ड शिर्ष स्थानमा रहँदा १५ अंक जोडेको स्लोभाकिया दोस्रो तथा १४/१४ अंकको साथ स्लोभेनिया र स्कटल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

समुह ई का खेलहरुमा शिर्ष स्थानको पोल्याण्डले काजखस्थानलाई ३-० ले हराँउदा डेनमार्कले अर्मेनियालाई ४-१ ले तथा मोन्टेनेग्रोले रोमानियालाई १-० ले हराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *