नेपाल र ताजकिस्तान मङ्गलबार भिड्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १९ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले भोली सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा भोली अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ ।
आज पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा एक अंक जोड्ने बताउँदै एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण हुने बताए । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर फर्किएको हो ।
त्यस्तै ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको बताए । एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








