परराष्ट्रमन्त्री महरा बुधबार चीन जानुहुने

काठमाडौं, भदौ १९ । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने चीन भ्रमणको लागि बुधबार चीन जानुहुने भएको छ । महराले परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

भ्रमणका क्रममा बेइजिङमा वाङ यीसँग प्रतिनिधिमण्डल स्तरीय छलफल गर्नुहुने छ । भ्रमणका दौरान चीनका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम पनि तय भएको बताइएको छ । महरा बेइजिङस्थित चाइना फरेन अफेयर्स विश्वविद्यालयमा आयोजना हुने अन्तक्रिया कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

बेइजिङपछि उहाँ सेप्टेम्बर १० मा ग्वानझाओ पुगेर हालै स्थापना गरिएको कन्सुलेट कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँ आगामी ११ सेप्टेम्बरमा काठमाडौँ फर्कनुहुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *