निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १९ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आचारसंहिता लागू हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालले आचारसंहिता फिर्ता लिएको भनी भ्रम सिर्जना गरिएको प्रति आपति जनाउदै आचारसंहिता कार्यान्वयन गर्न÷गराउन आयोग प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुने घोषणा भइसकेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








