अब लोकसेवा आयोगले बैङ्कबाट दस्तुर बुझ्ने

काठमाडौँ, १९ भदौ । लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आवदेखि बैङ्किङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोगले ग्लोबल आइएमई बैङ्कमार्फत अनलाइन फाराम भरेका परीक्षार्थीको रकम लिने भएको हो । परीक्षार्थीले अनलाइनबाट फाराम भरेपछि मास्टर कोड लिएर बैङ्कबाट दस्तुर बुझाउन सक्ने छन् ।

अनलाइनमा फाराम भरे पनि आयोगमा दस्तुर बुझाउन परीक्षार्थीले लाइन नै लाग्नु पर्ने गथ्र्यो । उहाँले उपत्यका बाहिरबाट फाराम भर्ने परीक्षार्थीका लागि भने बैङ्कबाट दस्तुर बुझ्ने व्यवस्था नगरिएको बताउनुभयो ।

आयोगले ग्लोबल बैङ्कका काठमाडौँ रहेका १३ वटा शाखाबाट रकम बुझ्ने व्यवस्था गरेको छ । यसअघि अनलाइनमार्फत फाराम भरे पनि परीक्षार्थीले उपत्यकाका लागि आयोगको केन्द्रीय कार्यालय र उपत्यकाका बाहिर क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र हुलाकबाट फारामको दस्तुर बुझ्ने व्यवस्था गरेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *