आँखा छल्दै तस्करहरू, नेपाली बोरामा भारतीय चामल

भदाै १५, गौर । रौतहटमा चामल तस्करहरूले नयाँ विधि सुरु गरेको रहस्य खुलेको छ । नेपाली बोरामा भारतीय चामल सशस्त्र प्रहरीले बरामद गरेपछि तस्करीको नयाँ तरिकाको पोल खुलेको हो । राजु ट्रेडिग बाराको उत्पादन पूर्णागिरी ब्राण्डको चामलको बोरामा भारतीय बजार बैरगनियाबाट ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको थियो ।

भारतीय चामललाई नेपाली बोरामा प्याक गरेर सिमावर्ती भारतीय सहर बैरगनियाबाट भित्राएका व्यपारीले सो चामल रौतहटको मध्यबजार गरुडा पठाउन लागेका थिए ।

“नेपाली ब्राण्ड भनेर बोरा छापेपछि सो बोरामा भारतीय बजारबाट चामल भरेर भन्सार छलि नेपाली बजारमा भित्राएको पाइयो ।” सशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले भने, “भारतीय बजारबाट भित्राएपछि नेपाली बोराको चामलमा सुरक्षाकर्मीले चेकजाच नगर्ने भन्दै चामल व्यापारीले तस्करीको नयाँ“ उपाय खोजेको पत्ता लागेको छ ।”

ना ५ त ७२२८ नम्बरको ट्याक्टरमा लोड गरेर गरुडा तर्फ लादै गरेको १२८ बोरा चामल सशस्त्र प्रहरीले चेकजाँचका क्रममा गौर नगरपालिकोको सबगढामा नियन्त्रणमा लिएको थियो । बोरामा नेपाली ब्राण्ड छापेर भन्सार बिना नै सजिलै जिल्लाका विभिन्न भागमा पुग्ने गरेको सो चामलका बारेमा उत्पादक राजु ट्रेडिंगले पनि सो चामलका बोराहरु आफ्नो नभएको दाबी गरेको छ ।

नक्कली बोरा छापेर व्यापारीले बदमासी गरेको उत्पादक कम्पनीले जनाएको छ । सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको पाँच लाख बराबरको सो चामल र ट्याक्टरलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालयमा बुझाएको छ । भने, हिजो बरामद गरेको एक लाख भन्दा बढीको कपडा समेत भन्सार बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *