म्यानपावरका कर्मचारी पक्राउ

भदौ १८, काठमाडौँ । एक म्यानपावरका कर्मचारीलाई वैदेशिक रोजगार विभागले विदेश जाने व्यक्तिसँग तोकिएको भन्दा बढी शुल्क उठाउँदै गर्दा पक्राउ गरेको छ । सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले विदेश जाने दुई जना कामदारसँग १ लाख ८० हजार रुपैयाँ उठाउँदै गर्दा पक्राउ परेका हुन् । अधिकारीले दुई जना कामदारलाई मलेसिया पठाउने भनी ८०/८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार बुझाइसकेका थिए ।

विभागले सिद्धग्लोबल म्यानपावर सञ्चालक शंकरप्रसाद आचार्यलाई पनि खोजी गरिरहेको छ । विभागले कर्मचारी पक्राउ गरेपछि म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले मलेसियासहित ६ खाडी देशमा फ्री भिसा र फ्री टिकेटको नीति लिएको छ । म्यानपावरले १० हजारभन्दा बढी शुल्क लिन पाउँदैनन् । तर, कामदारसँग लाखौँ शुल्क लिने क्रम झन् बढेको छ । गुनासोहरू बढ्दै गएपछि आइतबार विभागले सो म्यानपावरमा छापा मारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *