देउवाले ‘नो’ भनेपछि अध्यक्ष राणालाई दीपकको धम्की: ‘मन्त्री बन्न पाइन भने के के हुन्छ ।’

“
काठमाडौं, भदौँ १८ । ‘दीपक बाहेक अरु चार जनाको नाम दिनुस् तर दीपकको काट्नुस’ प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपति शम्शेर राणलाई भने । देउवाले दीपक बोहरालाई मन्त्री नबनाउने अडान लिएपछि राप्रपा प्रजातान्त्रिकमा दीपकले रडाको मच्चाउन थालेका छन् ।
तत्कालीन प्रचण्ड सरकारमा श्रम मन्त्री हुँदै आपूर्ति मन्त्रायलमा छिरेका उनले आफूले मन्त्री पद मात्रै नपाउँन के के हून्छ भन्दै बूढो अध्यक्ष राणालाई धारे हात देखाएसँगै पशुपति शम्शेर रनभुल्लामा परेका छन् । प्रधानमन्त्री देउवाले दीपक बोहरा पटक पटक भ्रष्टचारमा मुछिएको आरोप लगाउँदै राणालाई देउवाले भने, ‘मेरो सरकारमा उहाँबाहेक अरु चार मन्त्रीलाई स्वागत छ । तर, उहाँको चाहिँ नाम काटिहाल्नुस् ।’
श्रम मन्त्री बन्दा विदेश जानेहरुको स्वास्थ्य जाँच गर्ने सन्दर्भमा बोहराले आर्थिक चलखेल गरेको आरोप पनि छ । तर, पछि श्रम छाडेर आपूर्तिमा छिरेसँगै आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका थिए । यसकारण देउवाले बोहोरालाई आफ्नो सरकारमा ल्याउन रुचाएका छैनन् । अब, अध्यक्ष राणाले दीपक बोहोरा बाहेक अरुको नाम बुझाउनुपर्ने छ । यसअघि देउवाले राप्रपा प्रजातान्त्रिकलाई तीन मन्त्रालय दिने भनिए पनि अन्त्यमा चार मन्त्रालय नै दिने पक्का भएको थियो ।देउवा र राणाको सर्तअनुसार बिहीबार नै मन्त्रीहरुको नाम टुङगो लगाउनुपर्ने थियो तर पाँच दिने भारत भ्रमणका क्रममा आफू गलेकोले देउवाले केही समय पर्खिन सल्लाह दिएका थिए ।
तर, स्रोतले बताएअनुसार राणाले बोहोराको नाम कटाएर देउवालाई खुसुक्कै सुनीलबहादुर थापा, विक्रम पाण्डे र रामकुमार सुब्बाको बुझाएपछि बोहराले रडाको मच्चाएका हुन् । राणाको यस्तो चाल थाहापाएपछि बोहोराले मन्त्री बन्न पाउँदिन भने राप्रपा प्रजातान्त्रिक नयाँ पार्टी नै फुटाउने धम्की दिएका छन् । ‘ मेरो नाम काटियो हैन । मैले मन्त्री मात्रै बन्न नपाउन पार्टी फुटाएर अर्को पार्टी गठन गर्छु । के सम्झेको छ मलाई त्यस्ले । म त्यतिकै यो पर्टीमा आएको हु र !’ स्रोतले दीपकको भनाई उद्धृत गर्दै भन्यो ।
“








