विश्वकप छनोटः ईटालीमाथि स्पेनको ३ गोल, ईटालीले प्ले अफ् खेल्नुपर्ने

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १८ । विश्वकप फुटबल छनोटअन्तर्गत शनिबार राति भएको खेलमा स्पेनले ईटालीलाई ३-० ले हराएको छ ।
स्पेनको मड्रिडमा भएको समूह जी को खेलमा घरेलु टोलीलाई विजयी गराउन ईस्कोले दुई गोल गरे भने अल्भारो मोराटाले एक गोल गरे ।
जितपछि स्पेनले समूहबाट सिधै विश्वकपमा छानिने सम्भावना बलियो पारेको छ । स्पेनभन्दा ३ अंक तल रहेको ईटाली भने विश्वकपमा छनोट हुन प्ले अफ् खेल्नुपर्ने सम्भावना बढ्दै गएको छ ।
विश्वकप छनोटअन्तर्गत राति नै भएका अन्य खेलमा वेल्सले अष्ट्रियालाई १-० ले हराउँदा युक्रेनले टर्कीमाथि २-० को जित हात पार्यो ।
फिनल्याण्डले आईसल्याण्डलाई १-० ले पराजित गर्दा मेसेडोनियाले ईजरेललाई उसैको मैदानमा १-० ले पाखा लगायो ।
क्रोएसिया र कोसोभोबीचको खेल भईरहँदा भारी वर्षाले मैदानमा पानी जमेपछि खेल रद्द भएको छ । यो खेल आज पुनः खेलाइनेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित