आचारसंहिता कार्यान्वयनमा आयोग कडा हुने

काठमाडौं, भदौं १७ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा हुने भएको छ । असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेद्वारलाई निर्वाचन आचारसंहिता पालना गराउन आयोग कठोर बन्ने भएको हो ।

अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकआर्थिक चलखेल र भड्किलो प्रचारहँुदासमेत कार्वाही नगरेको भन्दै चौतर्फी आलोचना भएपछि आयोगले अब हुने निवाचनमा भने आचारसंहिता उलंघन गर्नेलाई तत्कालै कार्वाही गर्ने बताएको छ । सबैभन्दा बढी आचारसंहिता उल्लंघन सरकारबाटै भएको निष्कर्षमा आयोग पुगेको निर्वाचन आयुक्त सुधीरकुमार शाहले बताउनुभयो ।

अघिल्ला दुईवटा निर्वाचनमा केन्द्रबाट खटेका अनुगमन टोलीले अपेक्षा अनुसारको काम नगरेको भन्दै आयोगले आगामी निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीको सहयोगमा ठाउँको ठाउँमै कार्वाही गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *