ओखलढुंगामा जीप दुर्घटना, १ को मृत्यु, ४ घाइते
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ १७ । ओखलढुंगाको खिजी देम्वा गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
सोलुखुम्ब वाकुका २९ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको दुर्घटनामा ज्यान गएको हो । जीपमा च्यापिएका उनको उद्धार गर्न नपाउँदै ज्यान गएको स्थानीयको भनाइ छ ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।
काठमाडौंबाट खिजीदेम्वा आउँदै गरेको ना १ ज ५६७८ नम्बरको जीप वडा नं. ३ खिजी चण्डेश्वरीमा दुर्घटनामा परेको थियो ।
११ जनायात्रु सवार रहेको जीप ब्रेक फेल भई सडकबाट एक सय मिटर तल खसेको प्रहरीले बताएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








