विश्व कप छनोट : फ्रान्सद्वारा नेदरल्यान्ड पराजित

“
एजेन्सी । फ्रान्सले विश्व कप छनोट अन्तर्गत नेदरल्यान्ड्समाथि ४–० को जित हासिल गरेको छ । थोमस लेमारले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा २ गोल गर्दा एन्टोनी ग्रिजम्यान र केलियन बाप्पेले समान १ गोल गरेका थिए । भने, नेदरल्यान्ड्सले दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सीमित भएर खेल्नु परेको थियो । यो जितपछि फ्रान्स समूह ‘ए’ को शीर्षस्थानमा छ । सोही समूहको अर्को खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ ले हराएपछि फ्रान्सको अग्रता थप फराकिलो भएको हो ।
फ्रान्सको १६, दोस्रो स्थानको स्विडेनको १३ अङ्क छ भने तेस्रो स्थानमा उक्लेको बुल्गेरियाको १२ अङ्क छ । १० अङ्क जोडेको नेदरल्यान्ड्स चौथो स्थानमा झरेको छ । ग्रिजम्यानको गोलबाट १४ औँ मिनेटमा अग्रता लिएको फ्रान्सका लागि लेमारले ७३ औँ र ८८ औँ मिनेटमा गोल गरेका थिए ।
बाप्पेले फ्रान्सका लागि सोही खेलमार्फत पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । भने, ४ मिनेटको फरकमा दुई पहेलो कार्ड पाउँदै केभिन स्ट्रटम्यान मैदान बाहिरिएपछि ६२ मिनेटपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको थियो । समूह ‘ए’ कै अर्को खेलमा लगजम्बर्गले बेलारुसलाई १–० ले हरायो ।
विश्व कप युरोपियन छनोटका अन्य नतिजा
समूह ‘बी’– हंगेरी ३–१ लात्भिया, पोर्चुगल ५–१ फारोए आयरल्यान्ड, स्विट्जरल्यान्ड ३–० एन्डोरा
समूह ‘सी’– बेल्जियम ९–० गिब्राल्टार, साइप्रस ३–२ बोसनिया हर्ज गोविना, ग्रिस ०–० इस्टोनिया
“








