माओवादीबाट सांसद बनेका घिसिङले दिए राजीनामा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ १६। नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट राजीनामा दिनुभएको छ।
ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उहाँले बिहीबार आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै राजीनामा दिनुभएको हो । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उहाँले बोधार्थ दिनुभएको जानकारी आएको बताउनुभयो ।
प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उहाँको राजीनामा आएको हुन सक्ने बताउनुभयो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित