बिल गेट्सको नजरमा सफल हुन पढ्नै पर्ने पुस्तक

एजेन्सी । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सफल हुनका लागि हरेक व्यक्तिले १० पुस्तक पढ्नै पर्ने सुझाव दिएका छन् । उनले सुझाएका पुस्तक यस्ता छन् ।

१ बिजेश एडभेन्चर्स

लेखक : जोन ब्रुक्स्

पुस्तकमा के छ : सफलताका लागि भौतारिएको मानिस सफल पनि हुनसक्छ र असफल पनि । यो पुस्तकमा यी दुवै मुद्धालाई गहिरो तवरले उथ्र्याइएको छ ।

बिल गेट्सको सुझाव : मैलेँ पढेका पुस्तकमध्ये यो बिजनेशका लागि सबैभन्दा उपयुक्त पुस्तक हो । जोन ब्रुक्स आज पनि मेरा प्रिय बिजनेश राईटर हुन् ।

२ टप डान्सिंग टू वर्क

लेखक : क्यारोल लूमिस

किताबमा के छ : यस पुस्तकमा वारेन बफेटका सबै लेखहरू संग्रहित छन् । यसमा तपाईँले बफेटको सफलताको पुरै कथा पढ्न पाउनुहुन्छ ।

बिल गेट्सको सुझाव : मेरो बुझाइमा ध्यानपूर्वक यो पुस्तक पढ्नेले दुई कुरा नोटिस गर्छन् । एक आफ्नो करियरका दौरान वारेन बफेटले कसरी आफ्नो भिजन र इन्भेस्टमेन्ट प्रिन्सिपललाई प्रयोग गरे । दोस्रो, उनीमा बजारको जर्बजस्त ज्ञान छ । यसमा बताइएको छ कि बजारलाई प्रभावमा लिन हामीले विभिन्न तिकडम लगाउनुपर्छ ।

३ लाईफ इज ब्हाट यु मेक इट

लेखक : पीटर बफेट

किताबमा के छ : यो किताब कडा काम गर्ने एक धनी बच्चाको कथामा आधारित छ ।

बिल गेट्सको टिप्पणी : पिटरले सफलता हात पार्न आफ्ना बाबुसँग कहिल्यै पैसा लिएनन् । बरु अभिभावकसँग आफ्नो बाटो आफैँ कसरी बनाउने भन्ने सिके । म आफ्ना बच्चाहरुसँग यो किताब पढ्न चाहन्छु । तपाईँले सफलता हात पार्न धनी परिवारमा जन्मनुपर्छ भन्ने छैन ।

४ अवेकिंग जोय

लेखक : जेम्स बराज

किताबमा के छ : तपाईँ सफल किन हुन चाहनुहुन्छ । सायद खुसी यसको कारण हुनसक्छ । यो पुस्तकले तपाईँलाई सिकाउँछ कि सफलताको यात्रा कसरी आनन्ददायक छ ।

बिल गेट्सको टिप्पणी : खुसी कोही भाग्यशालीका लागि मात्रै होइन । सबैलाई यसको अधिकार छ । यस पुस्तकमा जेम्स बराजले तपाईँलाई रमाइलो बाटो चुन्न मद्दत गर्छन् ।

५ ब्हेयर गुड आइडियाज कम फ्रम

लेखक : स्टीवन जोनसन

किताबमा के छ : सफल हुनका लागि आविष्कार जरुरी छ । यो पुस्तकमा बताइएको छ कि सफलताका लागि आविष्कारको बाटो कसरी तयार गरिन्छ ।

बिल गेट्सको टिप्पणी : यो पुस्तक विजनेश वा शैक्षिक क्षेत्रमा लागेकाहरुका लागि हो । यसले अन्तर्राष्टिय संरचनाका विषयमा बोल्छ । जहाँबाट नयाँ आइडिया निस्कन्छ ।

६ मूनवाकिंग विथ आईनिस्टाइन

लेखक : जोशुआ फोयर

किताबमा के छ : यदि तपाईँ भुलक्कड वा लापरवाह हुनुहुन्छ भने सफल हुन सक्नुहुन्छ । यो पुस्तकले तपाईँलाई आवश्यक तथा जरुरी फ्याक्टरका विषयमा याद दिलाउँछ ।

बिल गेट्सको टिप्पणी : अन्य मानिसजस्तै म पनि यो कुरामा आकर्षित छु कि दिमागले कसरी काम गर्छ र यी कुराहरूलाई कसरी याद गर्नुपर्छ । यो पुस्तकले निकै सरल ढङ्गबाट सम्झाउँछ कि स्मरण र बुझाइमा कुनै फरक छैन । दुवै एक हुन् ।

७ लिमिटेड लर्निग अन कलेज क्याम्पसेज

लेखक : रिचार्ड अरुम र जोसिपा रोक्सा

किताबमा के छ : यो पुस्तकले सफल हुन तपाईँलाई दुई कुरा सिकाउँछ । पहिलो यो कि तपाईँ कलेजको शिक्षालाई दिमागमा राखेर वास्तविक संसार सिक्न तयार हुनुहोस् । दोस्रो, यदि तपाईँ शिक्षक हुनुहुन्छ भने तपाईँलाई सफल प्रयोगको ज्यादा आवश्यकता छ ।

बिल गेट्सको टिप्पणी : यस विषयलाई लिएर आशावादी छु कि आविष्कारमा त्यो सम्भावना छ जसले थुप्रै समस्या समाधान गर्न हाम्रो सहयोग गर्छ । तर, हामीलाई धेरै जानकारीको जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =