विश्वलाई कुनै पनि बेला युद्धमा होम्नसक्ने विवादहरू

एजेन्सी । संसारमा केही यस्ता विवाद छन् जसले कुनै पनि बेला युद्ध भड्काउन सक्छ । यो मात्र दुई देशबीच होइन, यसले सिङ्गो विश्वलाई युद्धमा धकेल्न सक्छ । केही देशको मुर्खतापूर्ण निर्णयले पनि सिङ्गो विश्व विनाश गर्न सक्छ ।

दक्षिण चीन सागर
विगत दशकमा जब चीन, फिलिपिन्स, भियतनाम, ताइवान, ब्रुनाइ, इन्डोनेसिया, सिंगापुर र कम्बोडियाबीचको सागरमा बहुमूल्य इन्धन रहेको थाहा भयो तब देखि यहाँ ठुलो विवाद छ । यो पुरै क्षेत्रलाई चीनले आफ्नो भएको दाबी गर्दै आएको छ । यता अन्तर्राष्ट्रिय ट्राइब्युनलले चीनको दाबी खारेज गरिसकेको छ । चीन र अमेरिका यो विषयमा पटकपटक आमनेसामने भइसकेका छन् ।

पूर्वी युक्रेन/क्रिमिया

सन् २०१४ मा रुसले क्रिमिया टापुलाई युक्रेटबाट अलग गरिदियो । त्यतिबेलाबाटै क्रिमियाका विषयमा युक्रेन र रुसबीच विवाद छ । युक्रेन क्रिमिया पुनःप्राप्त गर्न चाहन्छ । पश्चिमी देश यो विवादमा युक्रेनलाई धाप मारिरहेका छन् ।

कोरियाई प्रायद्वीप

उत्तर र दक्षिण कोरिया सधैँ युद्धका लागि तयार रहन्छन् । उत्तर कोरिया भड्कन्छ र दक्षिण कोरिया पनि युद्धको तयारीमा लाग्ने गर्दछ । दुई किलोमिटरको सेनामुक्त क्षेत्रले यो दुई मुलुकलाई अलगअलग राखेको छ । उत्तरलाई चीनको सहयोग रहेको बताइन्छ । यता अन्य मुलुक भने दक्षिण कोरियाप्रति सहानुभूति राख्छन् ।

काश्मिर

भारत र पाकिस्तानबीच बाँडिएको काश्मिर संसारमै सबैभन्दा बढी सैन्य उपस्थिति रहेको क्षेत्र हो । भारत र पाकिस्तानबीच काश्मिरका विषयमा युद्ध पनि भइसकेको छ । सन् १९९८ मा कारगिल युद्धका बेला परमाणु युद्धजस्तो अवस्था सिर्जना भएको थियो ।

साउथ ओसेटिया र अबखासिया

कुनै बेला सोभियत सङ्घको अङ्ग रहेको यो क्षेत्रमा जर्जियाले आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । रुसले भने यो क्षेत्रको स्वायत्तताको समर्थन गरिरहेको छ । यो क्षेत्रका विषयमा सन् २००८ मा रुस र जर्जियाबीच युद्ध पनि भइसकेको छ । रुसी सेनाले यो क्षेत्रबाट जर्जियाको सेनालाई हटाउँदै यो क्षेत्रलाई स्वतन्त्रताको मान्यता दिएको छ ।

नागोर्नो–काराबाख

नागोर्नो–काराबाखका विषयमा अजरबैजान र अर्मेनियाबीच युद्ध पनि भइसकेको छ । सन् १९९४ मा भएको सन्धीपछि पनि अवस्था तनावपूर्ण नै छ । यो क्षेत्रलाई अर्मेनियाको सेनाले नियन्त्रणमा राखेको छ । अप्रिल २०१६ मा यहाँ एक पटक पुनः युद्धको अवस्था सिर्जना भएको थियो ।

पश्चिमी सहारा

सन् १९७५ मा स्पेन पछि हटेपछि मोरक्कोले पश्चिम सहारालाई आफूमा समेटेको थियो । यसपद्धि दुवै तर्फबाट हिंसा जारी छ। सन् १९९१ मा संयुक्त राष्ट्र सङ्घले युद्धविराम गराएको हो । अहिले जनमतसंग्रहको कुरा भइरहेको छ। तर, कुनै पनि पक्ष यस विषयमा पहल गरिरहेका छैनन् । मरुभूमिको अधिकारका विषयमा जारी तनाव कुनै पनि बेला युद्धमा बदलिन सक् छ।

ट्रान्स–डिनिएस्टर

मोल्डोभाको ट्रान्स–डिनिएस्टर क्षेत्र रुस समर्थक क्षेत्र हो । यो क्षेत्र युक्रेन र रुसको सीमामा पर्दछ । यहाँ रुसी सेना तैनाथ छन् । विशेषज्ञहरुका अनुसार पश्चिमातिरको मोल्डोभाको निकटताले रुसलाई तनावमा पार्न सक्नेछ । एजेन्सीहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =