शिक्षा ऐन संसोधनमा कुनै राजनीतिक स्वार्थ नरहेको शिक्षा मन्त्रीको दावी
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १४ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नवौ शिक्षा ऐन संसोधनमा कुनै राजनितिक स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । आठौ शिक्षा संसोधन ऐन कार्यान्वयनमा नआउदै सरकारले संसदमा नबौ शिक्षा संसोधन ऐन पेश गरेको भन्दै सरकार समर्थित सांसदहरुले नै बिरोध गरेका थिए ।
राजनितिक आधारमा अस्थाई शिक्षकहरुलाई जोगाउन शिक्षा ऐन संसाधेन गर्न लागेको आरोप सांसदहरुले लगाएपछि शिक्षामन्त्रीले त्यसको खण्डन गर्नुभएको हो । संचारकर्मीसंग कुराकानी गर्दै शिक्षामन्त्री श्रेष्ठले अस्थाई शिक्षकहरुको जायज माग सम्बोधनका लागि ऐन संसोधन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले शिक्षा ऐन ससोधन पारित भए अस्थायी शिक्षकले राहात पाउने बताउनुभयो । सरकारले अस्थायी शिक्षकलाई पास भए स्थायी जागरि फेल भए सुविधा दिएर पठाउने गरि संसोधन गर्न लागेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








