अलैचीको मुल्य घट्ने संकेतपछि सोलुखुम्बुका किसान चिन्तीत

“सोलुखुम्बु, भदौ १३ । यसवर्ष अलैची उत्पादनमा बृद्धि भएपनि मुल्य घट्ने सकेत पाएपछि किसानहरु चिन्तीत बनेका छन् । सोलुखुम्बुको गुदेल, चौलाखर्क लगाएतको क्षेत्रलाई अलैची उत्पादनको पकेट क्षेत्र मानिन्छ । विगत वर्षमा लाखौ मुल्य लिएका किसानले यस वर्ष मुल्य नपाउने भएपछि चिन्तित बनेका हुन् ।

बोटमै एक हजार धार्नीले बिक्रि गर्ने किसानलाई यतिबेला ठेकेदारले एक सय रुपैया धार्नीमा माग्ने गरेको किसानहरुको भनाइ छ । गत वर्षमा यो सयमा पेस्की दिदै ठेकेदार घरघरमा आउनेभएपनि यो वर्ष आएका छैनन् । मनको सत्तरी हजारसम्म बिक्रि गरिएको अलैचीको मुल्य यो वर्ष के कती हुन्छ किसानलाई चिन्ता लागेको छ ।

यतिबेला बिचौलियाको चलखेल बढी हुनेभएकाले अलैचिको मुल्य के कति सम्म हुन्छ भन्न नसकिने गुदेल माविका प्रधानाध्याक समेत रहनुभएका स्थानीय लवकुमार राईको भनाई छ । सावीक गुदेलमा २० करोड सम्म रकम भित्रिएको भएपनि यो वर्ष ५ करोड भन्दा बढी भित्र्उन नसक्ने किसानको अनुमान छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *