मुसिकोटका झण्डै साढे ४ सय घरधुरी अध्यारोमा

गुल्मी, भदौ १३ । गुल्मीको मुसिकोट नगरपालिकाका झण्डै साढे ४ सय घरधुरीले बत्ती बाल्न नपाएको पाइएको छ । आगामी आश्विन १ गते मुसिकोटलाई उज्यालो नगरपालिका घोषणा गर्ने तयारी भइरहँदा संकलन गरिएको एक तथ्याङ्क अनुसार मुसिकोट नगरपालिकामा ४ सय ४२ घरमा बिद्युत पुग्न नसकेको पाइएको हो ।

साविकका वडागाँउ अर्थात हालको वडा नम्बर ४ मा सबैभन्दा धेरै घरधुरी अन्धकारमा बस्ने बाध्यता भएको पाइएको छ । जहाँ ८० भन्दा बढी घरधुरीहरु अध्यारोमा बस्ने गरेका मुसिकोटका मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभयो । सबैभन्दा कम बत्ती नपुगेका घरधुरी मध्ये वडा नम्बर ७ परेको छ । सो वडामा जम्मा १२ परिवारहरु बत्ती बाल्न नपाएका भेटिएका हुन ।

आर्थिकको चरम अभाव भएका कारण बत्ती बाल्न नपाउनुको पीडा त छँदै त, त्यसैमाथी मुसिकोट को वडा नम्बर १ अर्थात पौदी अमराइ र नेटा क्षेत्रमा कम्तीमा ३० हजार बराबरको बिद्युतमा शेयर नभएका हरुलाइ बत्ती नदिइएको कारण पनि जनताहरुले बत्ती बाल्न नपाएको भेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *