घोराही नगर क्षेत्रका जेष्ठ नागरिकको घरमै उपचार

दाङ, भदौ १३ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्न थालेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ बाट ८० बर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रम आजबाट सुरु गरिएको हो । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र चिकित्सकसहितको टोली घोराही २ कालिमाटी गाउँमा पुगेर जेष्ठ नागरिक ८० बर्षिय कुलानन्द पुरी र उहाँकी श्रीमति ८० बर्षिया चेतादेवी पुरीको स्वास्थ्य जाँच गरि जेष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच अभियानको सुरुवात गरिएको हो ।

राप्ती उपक्षेत्रिय अस्पतालका डा. उमेश रेग्मी, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका ठाकुर खनाल, स्वास्थ्य चौकी रामपुरका ईन्चार्ज दीपेन्द्र न्यौपाने, स्वास्थ्यकर्मीहरु भुवन रिजाल, टीका थापा, खुम ओली, टिआर भण्डारीले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, औषधि प्रदान र स्वास्थ्य सुझाब दिनु भएको हो ।

घोराही उपमहानगरपालिका २ मा ८४ बर्ष उमेर माथीका २२ र पूर्ण अपांगता भएका १७ जनाको घरमै पुगेर स्वास्थ्य जाँच र उपचार गरिने वडा अध्यक्ष केशब आचार्यले जानकारी दिनुभयो । मेयर चौधरी सहित स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य जाँच गर्दा जेष्ठ नागरिकहरु खुशी भएका छन् । जेष्ठ नागरिकहरुमा उच्चरक्तचाप, दम, ढाड दुख्ने, खोकीको समस्या देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *