प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक भएको राज्यमन्त्री विष्टको दावी

काठमाडौं, भदौ १३ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको बताउनु भएको छ । आफूहरुको भारत भ्रमणकाक्रममा देउवाले जस्तै राजकीय सम्मान नपाएका कारण विपक्षी दलका नेताहरुले विरोधका नाममा विरोध मात्रै गरेको उहाँको भनाइ छ ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री विष्टले प्रधानमन्त्री देउवाले भारत भ्रमणका बेला नेपालको तर्फबाट स्पष्ट धारणा राखेको बताउनुभयो । उहाँले संविधान निर्माणकै बिषयमा राजनीतिक दलबीच आबश्यकता र माग अनुसार संशोधन गर्न सकिने सहमति भएका कारण यसमा विवाद गर्न जरुरी नदेखिएको बताउनुभयो ।

उहाँले श्रमजीवी पत्रकारहरुका तमाम खालका समस्या समाधानका लागि मन्त्रालय र सरकार लागी परेको जानकारी दिदैं श्रमजीवीका समस्या तत्कालै समाधानका लागि प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *