जापानको अकाशमाथि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र उत्तरी जापानको आकाश हुँदै समुद्रमा खसेको छ । स्थानीय समय अनुसार मङ्गलवार प्रहार गरिएको उक्त क्षेप्यास्त्र खसाल्न जापानले कुनै प्रयास भने गरेन । त्यसको साटो जापानले आफ्ना जनतालाई सुरक्षित बस्न आग्रह गरेको थियो ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्रलाई असाधारण चुनौती भएको बताएका छन् । पछिल्लो समय उत्तर कोरियाले जापानतर्फ लक्षित थुप्रै क्षेप्यास्त्र प्रहार गर्ने गरेको छ । तर, जापानको आकाशमाथि क्षेप्यास्त्र प्रहार भएको बिरलै पाइन्छ ।

गत शुक्रवार र आइतबार पनि उत्तर कोरियाले तीन छोटो दुरीको मिसाइल आफ्नो पूर्वी तटबाट समुद्रतर्फ प्रहार गरेको थियो । मिसाइल प्रहार भएपछि उत्तरी जापानमा खतराको आर्लामहरु बजाइए पनि पब्लिक ब्रोडकास्टर एनएचकेले यसबाट कुनै क्षति नभएको बताएको छ ।

पछिल्लो क्षेप्यास्त्र प्रहारले कोरियाली प्रायद्वीपमा थप तनाव थपिने विश्लेषकहरु बताउँछन् । दक्षिण कोरियाली सेनाका अनुसार पछिल्लो क्षेप्यास्त्र उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकैबाट प्रहार भएको थियो । यसले ५५० किलोमिटर उचाईंसम्म पुगेर २७०० किलोमिटर दुरी तय गरेको थियो ।

क्षेप्यास्त्र जापानको होक्काइडो टापुमाथिबाट उडेर गएको थियो । त्यसपछि तीन टुक्रामा विभाजित भएर समुद्रमा खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *