यसरी देखियो महिलासँग बाबा रामदेवको ‘पोज’, वास्तविकता के हो ?

काठमाडौं, भदौ १३ ।  डेरा सच्चा सौदाका प्रमुख तथा बिबादित भारतीय बाबा गुरमित राम सहिम सिंह भिक्षुणी (साध्वी)माथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएसँगै भारतका चर्चित योग गुरु बाबा रामदेवको एक फोटो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

उक्त फोटामा बाबा रामदेव एक अधवैंसे महिलासँग देखिन्छन् । फोटोमा बाबा रामदेवले महिलालाई अंगालो हालेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोकर्ताले रामदेवको पनि महिलासँग अनैतिक सम्बन्ध रहेको भन्दै उनीमाथि छानविन थालिनुपर्ने माग गरेका छन् ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलालाई चरित्रहिन भनेर आलोचना पनि गरेका छन् ।  तर उक्त फोटोको बास्तविकता भने फरक छ । तस्बिर एक क्यान्सरपीडित महिलाको हो । तिनै क्यान्सरपीडित महिलासँग भेटघाट पछि बाबा रामदेवले उक्त तस्बिर खिचाएका हुन् ।

खासमा बाबा रामदेवले क्यान्सर पीडित महिलालाई योगामार्फत स्वास्थ्यलाभ लिन सुझाव दिएका थिए । र त्यसका लागि उनले केही योगासन पनि सिकाएका थिए ।  करिव १ वर्ष अगाडि खिचिएको यो तस्बिर त्यतिबेलाको हो जब बाबा रामदेव ति महिलालाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले पनि ति महिलाले किमोथेरापी गराइरहेकी छन् । र बाबा रामदेवले सिकाएको योगासनबाट उनले क्यान्सरसँग जुझ्न आत्मविश्वास पनि प्राप्त गरेकी छन् ।

तर बाबा रामदेवका आलोचकहरुले भने वास्तविकता विपरित गलत रुपमा फोटोको प्रचार गरेर उनीमाथि अनुसन्धान गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =