कांग्रेसद्धारा प्रदेश नम्बर दुईमा ८० प्रतिशत उम्मेदवारको टुंगो

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर दुईमा ८० प्रतिशत उम्मेदवारको टुंगो लगाएको छ । संविधान संसोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोश्रो साता भित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको थियो । उम्मेदवारको नाम सर्वसम्मतीमा टुंगो लगाउने प्रयासमा केन्द्रीय कार्यालय सानेपामा केही दिन देखि निरन्तर चलिरहेको छलफलले ८० प्रतिशत उम्मेदवारको नाममा सहमति जुटाएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

केही दिन देखि पार्टी कार्यालय सानेपामा प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुको संयुक्त बैठक बसिरहेको छ । प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरी,धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारीको अन्तिम निर्णय गरिने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । स्थानीय तहको तेश्रो चरण अन्र्तगत प्रदेश नम्बर २ मा आगामी असोज २ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *