चीन र भारत दोक्लाम विवाद अन्त्य गर्न सहमत

काठमाडौं, भदौं १२ । चीन र भारत भुटानी सीमा दोक्लाम विवाद अन्त्य गर्न सहमत भएका छन् । पछिल्ला दुई महिनादेखि भुटान र चीनको सीमामा भारत र चीनका सैनिकहरु आपनेसामने भएर बसिरहेका थिए । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा दुई देश दोक्लाम क्षेत्रमा सैनिकहरुलाई आपने सामने नगर्न सहमत भएको बताइएको छ ।

अर्को महिना चीनमा हुने ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा दुई देशबीच यस्तो सहमति भएको हो । चीनमा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने सम्भावना छ । दोक्लाममा चीन र भारतबीच देखापरेको यो द्वन्द्व दुई देशबीच यसअघि भएको युद्धपछिको सबैभन्दा ठूलो घम्साघम्सी हो । विज्ञप्तीमा विवाद समाधान कसरी भन्ने बिषयमा भने केही खुलाइएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *