बेवारिसे लासहरुको सदगद् गर्ने विनयजंग ऋण काँढेर बाढीपीडितहरुको बस्तीमा पुगे

कसैलाई देखाउनका लागि नभएर मनै देखि सामाजिक कर्ममा होमिएका व्यक्ति हुन विनयजंग बस्नेत । यस अगाडि सडक तथा अस्पतालमा भेटिएका वेवारिसे लाशहरुको व्यवस्थापन गर्दै आइरहेको उनी र उनको संस्था एक्सन फर सोसल चेन्जका प्रतिनिधिहरू अहिले बाढी पीडितहरुको बस्तीमा पुगेका छन् ।

सामाजिक सेवा गरे भन्दै पीडितहरुको बस्तीमा पुगेर एक पोका चाउचाउ र जोर कपडा दिएर फेसबुकमा फोटो हाल्ने धन्दा मौलाइरहेको समयमा उनी र उनको संस्था साच्चैको हृदयदेखि नै पीडामा डुबेकाहरुको आशु पुच्छन तल्लीन छन् । उनी अध्यक्ष रहेको एक्सन फर सोसल चेन्जका अध्यक्ष बस्नेतका साथमा पवित्रा लामा,दीपेश श्रेष्ठका साथै मोतेश्वर युवा क्लबका प्रतिनिधिहरू अहिले भिट गाँउमा रहेका बाढी पीडितहरुको मुहारमा हाँसो भर्ने प्रयास गर्दैछन ।

यी दुई संस्थाहरूको सहकार्यमा त्यहाँ रहेका २१० घरधुरीका झन्डै तेह्र सय नागरिकको दुखमा साथ दिन तल्लीन छ । सोसल चेन्ज आफैले उठाएको राहत सामाग्री लताकपडाका साथमा महालक्ष्मी नगरपालिका टिकाथली साविक ४ वडामा सङ्कलन गरेको १५ बोराभन्दा बढी लत्ताकपडा र नगद रु ३२ हजार नगद रकम बोकेर उनीहरू त्यहाँ पुगेका हुन । मोतेश्वर युवा क्लबका साथमा मोतेश्वर रामायण भजन मण्डली र पैनाचल रामायण भजन मण्डलीको संयुक्त प्रयासमा राहत सकंलन गरिएको थियो ।

संस्थाले सो बाढीपीडितहरुको बस्तीमा पुगी राहत मात्र वितरण गर्न नभई त्यहाँ कम्तीमा एक सयका हाराहारीमा टहरा बनाउने भएको छ । त्यहाँ टहरो बनाई बाढी पीडितहरुका लागि अस्थायी बसोबासको व्यवस्था समेत मिलाउने एक्सन फर सोसल चेन्जका अध्यक्ष विनयजंग बस्नेतको समूहको तयारी छ । उनीहरूले त्यहाँ बाढी पीडितहरुका लागि राहतका सामाग्रीहरू कपडा,खाने तेल, चामल,जुस लगायतका सर सामाग्रीहरू वितवरण गरी ती पीडितहरुको मुहारमा थोरै भए पनि हाँसो भर्ने जमर्को गरेका छन् ।

त्यहाँबाट हामीसँग कुराकानी गर्दै अध्यक्ष बस्नेतले भने आधा मान्छे बिरामी,आधा हिड्न सक्छन् ,आधा नागां अवस्थामा छन् । तिनीहरूको जिउमा कपडा पार्ने काम एक्सन फर सोसल चेन्जले गरेको छ । झन्डै तेह्र सय बढी जनसङ्ख्या बसोबास भएको यो क्षेत्रमा अरू कुनै सङ्घ संस्था पुगेका छैनन् । अधिकाशं दलित मुसहर,डुम जातिको बसोबास रहेको यो क्षेत्रमा रहेका व्यक्तिहरूको मुहारमा उज्यालो भरेर राजधानी फर्किने सो संस्थाको योजना छ ।

जसरी वेवारिसे लाशहरुको सदगद् गर्नुपर्ने जिम्बा राज्यको हो । यो गहु्रगो जिम्बेबारी आफ्नै काँधमा बोकेर हिडिरहेका विनयजंगहरु अहिले तराईमा बाढी पीडितहरुको बस्ती बनाउन ऋण गरेरै भए पनि त्यहाँ पुगेका छन् ।

बाढी पीडितहरुको बस्ती बनाइदिने दायित्व एउटा व्यक्तिको नभएर सरकारको हुनुपर्ने हो । तर सत्ता र शक्तिको वरपर घुमेको हाम्रा शासकहरुलाई जनताको दुख र पीडासँग के को सरोकार रु उनीहरू आफ्नै शाखा सन्तानका लागि अकुत कमाउनमा व्यस्त छन् । उता जनता पीडामा गुज्रिरहेका छन् । यस्तो शासकहरु भएका राज्यमा विनयजंग जस्ता समाजसेवीहरु मनैदेखि यो सत्कर्ममा होमिएका छन् । उनको सत्कर्मलाई हाम्रो पनि साधुवाद ! इडिभी न्युजबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *