करेन्ट लागेर सेनाको मृत्यु

मेलम्ची, १२ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।


प्रहरी निरीक्षक ढुंगानाका अनुसार, “चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको थियो ।” शव परीक्षणपश्चात् आफन्तले जिम्मा लिएपछि मेलम्चीमा दाहसंस्कार गरियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *