यो जेललाई देख्दा तपाईंलाई पनि कैदी बन्ने इच्छा जाग्ला, यस्ता छन् सुविधा

काठमाडौं, भदौ १२ । फाइभ स्टार होटल हुनु त सामान्य कुरा भयो । तर के फाइभ स्टार जेल हुनुपनि सामान्य हो त ? निश्चित रुपमा होइन । तर अष्ट्रियामा चाहीँ एउटा फाइभ स्टार जेल छ ।

अष्ट्रियाको जस्टिस सेन्टर लियोबेन एउटा यस्तो जेल हो, जो आफ्नो भव्यता तथा आलीशान सुविधाहरुका कारण चर्चित छ । यो जेलका भव्य तस्वीरहरु हेर्दा तथा यसभित्र कैदीहरुलाई दिइने सुविधाको बारेमा जानकारी पाउँदा कतिलाई त त्यहीँ जेलमा कैदी भएर बस्न पाए हुँदोहो भन्ने लाग्नसक्छ ।

चर्चित आर्किटेक्ट जोसेफ होहेंसिन्नद्वारा तयार गरिएको उक्त जेल अष्ट्रियाको पहाडी इलाका लियोबेनमा रहेको छ । यो जेलको आधा भागमा अदालतमा पनि रहेको छ ।

यो फाइभ स्टार जेलमा २ सय ५ जना कैदी राख्ने व्यवस्था छ । कैदीहरुलाई कैयन् अत्याधुनिक सुविधाहरु प्रदान गरिन्छ, जस्तै स्पा, जिमखाना, विभिन्न खाले इन्डोर गेम तथा व्यक्तिगत रुची अनुसारका सुविधाहरु ।

यो जेलमा १३ जनासम्म कैदी एकै ठाउँमा जम्मा हुन पाउँछन् र आफ्नो कोठरी एकअर्कासँग शेयर गर्न पनि पाउँछन् ।

जेलको कोठरीहरु पनि निकै सुविधासम्पन्न छन् । हरेक कोठरीमा अलग अलग बाथरुम, एक किचेन तथा एक लिभिङ रुम तथा एक पूर्ण आकारको झ्याल बनाइएको छ । जसबाट कैदीले बाहिरको दृश्य हेर्न पाउँछ ।

यद्यपि यो जेल गम्भीर अपराधीहरुका लागि चाहीँ होइन । यो जेलमा यस्ता कैदीहरुलाई मात्र राखिन्छ जसले सामान्य खाले कसूरमा जेल सजायँ काटिरहेका हुन्छन् ।

यो जेललाई सुविधासम्पन्न बनाउनुको पनि कारण छ । ता की साना अपराध गरेर सजायँ काटिरहेका कैदीहरुले जेलभित्रको सुविधा भोग गरिरहँदा अपराधको बारेमा ठण्डा भएर सोच्न सकून् र सजायँ भुक्तान गरेर बाहिर निस्किसकेपछि एक सामान्य जीवन जीउन सकुन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =