प्रदेश नं. ७ मा साढे एक लाख मतदाता थपिए

डडेल्धुरा, भदौ १२ । प्रदेश नं. ७ मा साढे एक लाख मतदाता थपिएका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ६० हजार १२ मतदाता थपिएका हुन ।

निर्वाचन आयोगले छुटेका योग्य मतदाताका लागि फोटोसहितको मतदाता नामावलीमा सहभागि गराउन नयाँ समय उपलब्ध तोकेपछि दर्ता गराउनेमा महिलाको संख्या ७७ हजार ३ सय ४२ रहेको छ भने पुरुष ६५ हजार ८ सय ६१ जना छन् ।

सबैभन्दा कम बाजुरामा महिला र पुरुष गरी ५ हजार ३ सय ९७, कञ्चनपुरमा महिला र पुरुष गरी ३२ हजार ५ सय २६ जनाले नाम दर्ता गराएका छन् ।

बैतडीमा ८ हजार १ सय ६८ जनाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी दार्चुलामा ५ हजार ८ सय ६८, अछाममा १० हजार ९ सय ७४, बझाङ्गमा ७ हजार २ सय ३, डोटीमा ६ हजार ४ सय ११ मतदाता थपिएका हुन् ।

डडेल्धुरामा ६ हजार ८ सय ४ जनाले नाम दर्ता गरेका छन् ।

स्थानीय निर्वाचन २०७४ का लागि मिति घोषणा भएपछि परिचय पत्र बनाउन नपाएका र त्यसभन्दा अगाडी नयाँ तथा मतदान केन्द्र कायम, नाम थर जन्ममिति लगायतका त्रुटि सच्याउन र परिमार्जन गर्न छुटेका मतदाताले नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *