कम्युनिष्ट नेता तथा एमाले पूर्व सांसद सिंहको निधन

काठमाडौं, भदौ १२ । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा हिजो बेलुका निधन भएको छ । उहाँको मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि अस्पतालमा भर्ना हुनुभएका उहाँको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा निधन भएको छ । उहाँका तीन छोरा र दुई छोरी छन् ।

वि.सं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य हुनुहुन्थ्यो ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह प्रजातन्त्रिक आन्दोलनहरुमासक्रिय हुनुहुन्थ्यो । उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिनेएमालेले जनाएको छ । श्रद्धाञ्जलीपछि दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *