बलिउड प्रवेशको २९ औँ वर्ष पुरा भयाे सलमान खानको

काठमाडौं, भदौ १२ । आज सलमान खानका फ्यान निकै खुसी छन् । किनभने आज सलमान खानले बलिउड प्रवेशको २९ औँ वर्ष मनाइरहेका छन् । ट्विटरमा सलमानका फ्यान उत्साहित छन् । उनको पहिलो चलचित्र ‘बीवी हो तो ऐसी’ ले हालै २९ औँ वर्ष पूरा गरेको छ ।

सलमान खानले रेखा र फारुख शेखको चलचित्रबाट बलिउडमा डेब्यु गरेका थिए । चलचित्रमा रेखा सलमानकी भाउजुको भूमिकामा थिइन् । यद्यपि सलमानको उत्कृष्ट लञ्च सुरज बडजात्याको चलचित्र ‘मैने प्यार किया’ ले दिएको थियो । ‘बीवी हो तो ऐसी’ सन् १९८८ मा रिलिज भएको थियो ।

सलमान खान जे गर्छन्, उनका फ्यान त्यसलाई पछ्याउँछन् । चाहे उनको भेषभूषा होस् वा ‘लुक्स’ सबै फ्यानमा ‘टे«न्ड’ बन्छ । विगत २८ वर्षमा सलमानले आफ्नो ‘गेटअप’ प्रत्येक पटक परिवर्तन गरेका छन् र उनका फ्यानले यसलाई मनपराएका छन् ।

सलमान खानको ‘हम आपके हैं कौन’ वाला ‘क्युट, जेन्टलमेन र चकलेटी’ लुक्सले उनका फ्यानमा धेरै वर्ष प्रभाव पार्यो । यस्तै उनको ‘तेरे नाम’ वाला ‘हेयरस्टाइल’ले स्कुल कलेजका विद्यार्थीमा गहिरो प्रभाव पार्यो । सबैभन्दा गज्जबको कुरो सलमान खानको ‘ब्रासलेट’ स्टाइल आजसम्म पनि उनका फ्यानका हातमा देख्न सकिन्छ ।

सलमान खानको क्रेज र फलोइङ फ्यानमा निरन्तर रहिरहेको छ । आज बलिउडमा सलमान खान सुपरस्टार छन् । सुपरस्टारका ‘सुपरफलोअर्स’ पनि कम छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *