पकिस्तानको पञ्जावले ६९ आतङ्कवादीको सूची सार्वजनिक


“
इस्लामावाद (पाकिस्तान), ११ भदौ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतङ्ककारीको अति वाञ्छित (मस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपिके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि जानकारी गराएको छ ।
प्रति व्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मुल्य तोकी आतङ्ककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दु सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पञ्जाव सरकारले केपिके प्रशासनलाई मस्ट वान्टेड सूची उपलव्ध गराउँदै उनीहरूमाथि कारबाहीका लागि आग्रह गरेको हो । पञ्जाब सरकारले आफ्नो राज्यमा आतङ्ककारीको सूचीमा रहेका उनीहरू उत्तरपूर्वी प्रान्तमा बसोबास गर्दै आएको तथा उनीहरूको छिमेकी मुलुकसँग साँठगाँठ रहँदै आएको जनाएको दुन्या न्यूजले उल्लेख गरेको छ ।
आतङ्ककारीको सूची प्रहरीसहित अन्य सम्बद्ध सुरक्षा निकायलाईसमेत उपलब्ध गराइएको छ । पञ्जावले अतिवादी लडाकू मुलुकको शान्ति तथा अमन चयन र देशको विग्रँदो कानूनी अवस्थाका लागि जिम्मेवार रहेको बताउँदै उनीहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरको छ ।
सूचीलाई अपराधमा जिम्मेवार व्यक्तिको तहलाई विभिन्न तीन समूहमा बाँडेको छ । सूची सार्वजनिक गर्दा उनीहरूको अपराधको भिन्नाभिन्नै प्रकृतिबारे केही जानकारी गराइएको छैन ।
सूचीमा रहेका ३७ जना आतङ्ककारी विभिन्न समूहमा सम्लग्न रहेको तथा बाँकी अन्य व्यक्ति स्वतन्त्र रूपमा नै आतङ्ककारी गतिविधिमा सम्लग्न हुनेगरेको बताइएको छ । केपिकेले सूचीमा रहेका आतङ्ककारीलाई पक्राउ गर्न विशेष समूह बनाइसकेका जनाएको छ । रासस/सिन्ह्वा
“
