यु १५ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

भदाै ११, काठमाडाै । काठमाडौँमा सम्पन्न साफ यु-१५ को फाइनलमा नेपाल पराजित भएको छ । पहिलो हापमा १–० को अग्रता लिएको नेपालले दोस्रो हापमा २ गोल बेहोर्न पुग्यो । फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको थियो । खेलको ४१ औँ मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश चौधरीले गोल गरेका थिए ।

भारतले खेलको ५९ औँ मिनेटमा गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्याइपुर्‍याएको थियो । भने, पूर्ण अर्को गोल थप्दै अग्रता लिन सफल भएको हो । सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका लालरोकिमाले गोल फर्काएका थिए । उनले नेपाली रक्षकले फर्काएको बल खोस्दै गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले खेलको दोस्रो मिनेटमा नै गोलको अवसर बनाएको थियो । दर्शन गुरुङको फ्रिकिक प्रहारमा रन्दिप पौडेलको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । सातौ मिनेटमा दर्शनको करिब ३५ यार्ड टाढाको प्रहार बाहिरिएको थियो । २४ औँ मिनेटमा दर्शनले अर्काे सुन्दर मौका खेर फालेका थिए ।

यता, नेपालका डिफेन्स सन्जिव अर्यालले भारतीय खेलाडीको प्रहार गोल लाइनबाट बचाएपछि भारतले पहिलो हाफको इन्जुरी समयमा बराबरी गर्न बाट चुकेको थियो । २१ औँ मिनेटमा सन्जिवले नै बल क्लियर गरिदिएपछि भारतले खेलमा अग्रता लिने मौका गुमाएको थियो । नवौ र १४ औँ मिनेटमा भारतले गोल गर्न मौका खेर फालेको थियो ।

फाइनलमा भारतीय कप्तान विक्रमप्रताप सिंहले पहेँलो कार्ड पाएका थिए । उनले खेलको ८२ औँ मिनेटमा नेपाली खेलाडीलाई लडाएपछि पहेँलो कार्ड पाएका हुन् । सिंहले भारतका लागि दोस्रो गोल गर्दै अग्रता दिलाएका थिए ।

हलचोकमा भएको सेमिफाइनलमा भुटानलाई ३–० ले हराउँदै भारतले नेपालसँगको भेट पक्का गरेको हो । भने, नेपालले बङ्गलादेशलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । नेपाल यस अघि सन् २०१३ यु १६ का नाममा भएको च्याम्पियनसिपमा हेमन थापा मगरको कप्तानीमा फाइनल पुगेको थियो ।

दुई वर्षको फरकमा नेपाल उमेर समूहको अर्को उपाधिको नजिक पुगेर पनि उपाधिबाट बन्चित हुन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *