दिपेन्द्रको कप्तानीमा यु १९ टोलीको घोषणा
“
भदाै ११, काठमाडाै । आगामी सेप्टेम्बरको ८ देखी १७ तारिख सम्म मलेसियामा आयोजना हुने यु १९ एसिया कप छनोट खेलका लागि नेपाली यु १९ टोलीको अन्तिम १४ जनाको नाम सार्वजनिक भएको छ । करिब एक हप्ताको बन्द प्रशिक्षण पछि १४ जनाको नाम सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको टोलीको कप्तानमा दिपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिएको छ । यस अघि लेग स्पिनर सन्दीप लामिछाने यु १९ टोलीका कप्तान थिए भने दिपेन्द्र उपकप्तान थिए ।
अन्तिम १४ जनामा चारवटा नयाँ अनुहार छन् । गत महिना सिंगापुरमा सम्पन्न यू१९ विश्व कप छनोटमा नपरेका सुमित महर्जन, नन्दन यादव, विक्रम कुमार भुसाल, सन्दीप जोरालाई अन्तिम १४ मा स्थान दिइएको छ । यस्तै टोलीसँगै सिंगापुर पुगेका ललित नारायण राजबंशी, प्रकाश केसी र रिजन ढकालले आफ्नो स्थान सुरक्षित राख्न सकेनन् ।
यु १९ एसिया कप छनोट खेलका लागि अन्तिम १४;
- दिपेन्द्रसिंह ऐरी (कप्तान)
- सन्दिप लामिछाने
- अनिल कुमार शाह
- सन्दिप सुनार
- पवन सर्राफ
- रोहित कुमार पौडेल
- प्रनित थापामगर
- शाहव आलम
- आशिफ शेख
- किशोर महतो
- विक्रम कुमार भूषाल
- सन्दिप जोरा
- नन्दन यादव
- सुमित महर्जन
बैकल्पिक खेलाडी
- ललित नारायण राजवंशी
- प्रकाश केसी
- रिजन ढकाल
- कमलसिंह ऐरी
“