फुर्संदिलो हुनुहुन्छ भने ‘ज्याक मा’को जीवनी फेरि पढौँ ( भिडियो पनि हेर्न नभुल्नुहोला )

जीवन बदल्ने हैन दृष्टिकोण बदले असम्भव केही छैन । सबैलाई थाहा नै छ, अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक ज्याक मा । उनीजस्तै सफल व्यवसायीहरु ( बिल गेट्स,मार्क जुकरबर्ग,स्टीभ जब्स)ले पनि जीवनमा अनेकै हण्डर खेप्नु पर्‍यो । आज भन्दा १५ वर्षअघि उनलाई कसैले चिन्दैनथे । यदाकदा उनलाई चिन्नेले विश्वको धनी मानिसको श्रेणीमा पर्लान् भन्ने सायदै सोचेका नै थिए । विद्यालय स्तरमा दुई चोटि र विश्वविद्यालय स्तरमा तीन चोटि फेल भएका उनी आज संसारका एक धनी व्यक्तिमा गनिन पुगे । त्यसैले कसैले क्षण भर सोच्दैमा एक कुशल तथा नामी व्यवसायी बन्न त्यति सजिलो छैन ।

ज्याकको फ्ल्यास ब्याक 

कोइलाबाट हिरा बने झैँ सफल व्यवसायी बन्न अनेक हण्डर खेप्नु पर्छ । चीनको झेजियांग प्रान्तको हांग्जो, सेप्टेम्बर १०, १९६४ मा जन्मिएका उनी दोस्रो सन्तान हुन् । घर परिवार चलाउन धौ धौ थियो । तर उनी सानै उमेर देखि अङ्ग्रेजी भाषाको अध्ययन सिक्न चाहन्थे । घर नजिकैको होटलको अङ्ग्रेजी भाषा वक्तासँग अभ्यास गर्ने गर्दथे । विद्यालयले विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषामा दख्खल बनाउन निःशुल्क भ्रमण पनि गर्ने गथ्र्यौँ । त्यो अवसर उनले कहिल्यै गुमाएनन् । भ्रमणकै क्रममा उनले एक जना विदेश मित्रसँग घनिष्ठ सम्बन्ध गाँसे । उनीहरुबीच चीनजान भए पनि ती विदेशी साथीलाई उनको नाम उच्चारण गर्न असहज भयो । त्यसपछि उनले ज्याक माको नाम उच्चारण गर्न नसकेपछि उपनाम “ज्याक“ राखी दिएका थिए । अहिले तिनै ज्याक संसार हाँक्ने एक सफल व्यवसायीका रूपमा कहलिएका छन् ।

अङग्रेजीमा अदक्ष हुँदा
यससँगै अङ्ग्रेजी सिक्नका लागि उनी हरेक दिन आफ्नो घरबाट ४० मिनेट मोटरसाइकलमा चढेर दिनहुँ ह्याङझाउ होटेल पुग्थे । त्यहाँ कार्यरत अङ्ग्रेजी बोल्नेसँग घण्टौं अङ्ग्रेजीमा गफिन्थे अनि फर्किन्थे । यति मात्रै होइन उनी आफ्नो अङ्ग्रेजी भाषा राम्रो बनाउन ती अंग्रेजीभाषीलाई सित्तैमा सहरसमेत घुमाउँथे । उनलाई अङ्ग्रेजी सिक्न ठ्याक्कै ९ वर्ष लाग्यो । अरूले हारवार्ड युनिभर्सीटीमा गर्दा उनलाई पनि अध्ययन गर्ने मन कहाँ नभएको हो र ! आवेदन पनि दिए तर कलेजले दश पटक अस्वीकार गर्‍यो । त्यसपछि उनले अङग्रेजी माध्यममा विद्यार्थीलाई अध्ययन गराउन थाले । कलेजले अस्वीकार गर्नुको पछाडि उनी अङग्रेजी भाषामा अदक्ष थिए । तर, अहिले तिनै अदक्ष ज्याकले अङग्रेजीमा आफ्ना सफलताका रहस्यहरु अरूसमक्ष बाँडीरहेका छन् ।

१८ बाट १८ हजार
सन् १९९५ अप्रिलमा मा, श्रीमती क्याथी झांग यिंग तथा एक जना साथीसँगको सहकार्यमा युएसडि २०,००० जम्मा गरेर इन्टरनेट सपिङ कम्पनीको थालनी गरेका उनले पढाइमा अब्बल ठहरिएका अठार हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । सुरुमा १८ जना कामदारबाट उनले इन्टरनेट सपिङ कम्पनी सञ्चालनमा ल्याएका थिए । हाल दुई सन्तानका बुवा बनिसकेका उनी भन्छन्,‘आजभन्दा १५ वर्षअघि मलाई कसैले चिन्दैनथे । म आफ्नै व्यवसायको दौडधुपमा लागिपरेको थिए ।’ अहिले उनी ५३ वर्ष भइसकेका छन् । फोब्र्स पत्रिकामा अर्बपतिको पहिलो सूचीमा नाम दर्ज गराउँन सफल ज्याकले सन् १९८८ मा अङ्ग्रेजी विषयमा स्नातक तह उत्तीर्ण गरेका थिए ।

त्यसपछि करिअरले डुबुल्की मार्यो

कसैले सोच्न सकिँदैन,स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले रोजगारीका लागि ३० वटा कम्पनी पुगेको । तर, ज्याक रोजगारीका सिलसिलामा ३० कम्पनीमा पुगेर आवेदन भरे । तर, सबै कम्पनीले बायोडाटा हेर्दै अस्विकृत गर्‍यो । प्रहरीमा पनि आवेदन दिए, २४ औ स्थानमा । तर, नतिजामा २३ जनाले रोजगारी पाए । रोजगारी नपाएपनि निराश भएनन् । झन् साहस जुटाए । रोजगारी खोज्ने क्रममा (सन् १९९४) मा उनले साथीभाइमार्फत इन्टरनेट सेवाबारे बुझ्ने मौका पाए ।

‘बियर’ शब्दले स्थापित

त्यसपछि रोजगारीभन्दापनि इन्टरनेट सेवातिर खोज अनुसन्धानमा लागे । उनले इन्टरनेटबारे पहिलो खोजेको शब्द बियरको बारेमा थियो । विभिन्न देशहरूको बियरको बारेमा जानकारी प्राप्त गरे पनि चीनमा यसको सेवा नै नभएपछि उनी अच्चम परे । त्यसपछि उनले यसबारे थप जान्ने मौका पाए । त्यसपछि उनी र उनका साथी मिलेर एउटा बेभपेज तयार गरे “चाइना एलो पेजेज“ । साथीसँग मिलेर संस्था सञ्चालन गरेको तीन वर्षभित्र उनको कम्पनीले ५,०००,००० चिनियाँ युआन जुन युएसडि ८००,००० बराबरको कमाई गर्न सफल भयो । त्यसो त,उनी अर्बपति (उद्यमी) मात्र हैनन् सामाजिक सेवक समेत हुन् । ग्रामीण क्षेत्रमै भएका बस्तुलाई व्यवस्थापन गरेर उद्योग क्षेत्रको विस्तार गरिरहेका छन् ।

भिडियो पनि हेर्न  नभुल्नुहोला 

https://www.youtube.com/watch?v=hGhhmuws3_M”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *