तरुण तल सुनसरीद्वारा २५ परिवारलाई राहत वितरण


भाद्र १०, सुनसरी । एक तरुण एक राहत अभियान अन्र्तगत नेपाल तरुण दल जिल्ला कार्य समिति सुनसरीले आज इटहरी ५ तुलसाटोलमा राहत वितरण गरेको छ ।
नेपाल तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ, उपाध्यक्ष सन्तोष विक लगायत जिल्ला कार्य समितिको उपस्थितिमा भएको राहत वितरणमा टोलका २५ घर परिवारलाई त्रिपाल तथा प्रति परिवार ५ केजी चामल वितरण गरिएको थियो ।

डेढ सातादेखि जारी अभियानमा तरुण दलले सुनसरीका विभिन्न क्षेत्रका बाढी प्रभावित जनतालाई राहत वितरण गर्दै आइरहेको छ । भने, कतिपय क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकले बाढी पीडितका लागि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताउँदै तरुण दलले जनशक्ति परिचालन गर्ने बताए । उनले अधिकांश बाढी पीडितको घरमा क्षति पुगेकाले पुर्ननिर्माणका लागि चाहिने आवश्यक सामग्री सहयोग गर्न अनुरोध गरे । ‘अब हामीलाई आवास पुर्ननिर्माणका लागि सामग्री चाहिएको छ । हामीलाई नगद भन्दा पनि इट्टा, जस्तापाता, फलाम जस्ता आवास निर्माणमा लाग्ने सामग्री सहयोग गर्न अनुरोध गर्दछौँ ।’ उनल भने ।

तरुण दलको केन्द्रीय समितिले बाढी पीडितलाई सहयोग गर्न देशव्यापी आग्रह गरेपछि सुनसरी जिल्ला कार्य समिति सुनसरीका विभिन्न क्षेत्रमा उद्धार तथा राहतका लागि परिचालित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *