रोट्¥याक्टले देखायो लाखे जात्रा


“
किशोर खनाल, भरतपुर । रोटरी क्लब अफ चितवन र रोट्¥याक्ट क्लब अफ चितवनको संयुक्त आयोजनामा तीजको अवसर पारेर लाखे जात्रा प्रदर्शन गरेको छ । रोटरी क्लब अफ चितवनका अध्यक्ष शरदगोपाल न्याछ्यो र रोट्¥याक्ट क्लब अफ चितवनका अध्यक्ष जनककुमार ढकालको अध्यक्षता रहेको थियो ।
अनुप श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायण प्रधान, चितवन रोटरी क्लबका पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठ, रोट्¥याक्टका पूर्व अध्यक्ष अश्विन श्रेष्ठ, दीस्पक प्रधान, मन्जेस पिया, सदस्य नवराज श्रेष्ठ र नारायणी कला मन्दिरका कार्यवाहक अध्यक्ष अमरदेव प्रधानले मन्तव्य राखेका थिए ।
नारायणगढको नारायणी कला मन्दिरबाट सुरु भएको जात्रा इन्द्रदेव मार्ग, लीलाचोक हुँदै पुनः नारायणी कला मन्दिरमै पुगेर समापन भएको रोट्¥याक्ट क्लब अफ चितवनका सामुदायिक सेवा निर्देशक परमानन्द गौतमले जानकारी दिए । कार्यक्रममा पासा पुचः नारायणगढले सहयोग गरेको थियो ।
“
