‘संविधानबारे देउवाले मोदीसँग कुराकानी गर्नु सकारात्मक’

काठमाडौं, भदौ १० । विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा प्रधानमन्त्री देउवाको भ्रमण दलमा सहभागी वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्रीको भारत भ्रमण निकै उपलब्धिमूलक र राष्ट्रहित अनुकूल भएको दाबी गरे ।

उनले भ्रमणकाक्रममा बाढीले भारत र नेपालको भूमिमा पुर्‍याएको क्षतिको दीर्घकालीन समस्या समाधानका लागि १५ दिनभित्र सचिवस्तरीय विशेषज्ञ टोली गठन गर्ने सहमति भएको जानकारी दिए ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भने भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले आन्तरिक मामिलालाई अन्तर्राष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाए ।

यस्तै, माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एकाध प्राविधिक विषयबाहेक प्रधानमन्त्री देउवाको भ्रमण सफल भएको टिप्पणी गरे ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले ‘संविधानबारे प्रधानमन्त्रीले देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गर्नु सकारात्मक हो’–भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *