बाढी र डुबानका कारण राजश्व संकलनमा कति असर पर्यो ?

काठमाडौं, भदौँ १० । तराईका केही जिल्लामा साउनको अन्तिम साता आएको बाढी र डुबानको प्रत्यक्ष असर राजश्व संकलनमा पनि परेको छ ।

बाढी र डुबानका कारण सिमान नाकाको सम्पर्कका पुल भत्कनुको साथै भन्सार नाकाहरु डुबानमा पर्नुको साथै जनजीवन नै अस्तव्यस्त बनेपछि त्यसको प्रभाव राजश्वमा परेको हो । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुंङगानाले साउन महिनामा ५३ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि जम्मा ४६ अर्ब मात्रै संकलन हुन सकेको बताए । यद्यपि समग्र चालु आर्थिक बर्षको राजश्व संकलनको लक्ष्य भने आफुहरुले पुरा गर्ने प्रतिवद्धता समेत उनले जनाए ।

राजश्व संकलनलाई अपेक्षा कृत हासिल गर्नका लागि न्युन विजीकरण तथा रावश्व चुहावट नियन्त्रण हुनु अत्यावश्क भएको अर्थमन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंङगाना त्यसका लागि मन्त्रालयले आधुनिक प्रणालीको सुरुवात गर्ने तयारी गरिरहेको बताए । ‘हामीले यसका लािग आधुनिक प्रणालीको सुरुवात गरिसकिेका छौँ ।’

त्यस्तै वास्तविक मुल्य भन्दा कम मुल्यको बिल जारी गर्ने, सामान आयात गर्दा नेपाली भन्सारमा सामानको कम मुल्य बनाउने लगायत अनौपचारिक अर्थतन्त्रको कारोवार बढ्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । केही समय अघि विश्व बैकले सार्वजनिक गरेको तथ्याङकले नेपाली बजारमा ३९ दशमलब २ प्रतिशत अनौपचारिक अर्थतन्त्रको कारोबार भएको देखाएको छ भने राष्ट्र बैकको सर्वेक्षणमा भारतको भन्सार बाट नेपालको भन्सारसम्म आईपुग्दा ३५ प्रतिशत सामानको मुल्य हराउने गरेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *